प्रभु बैंकको ९८ करोड ठगी प्रकरण : गुण एयरलाइन्सका सञ्चालक पक्राउ

प्रभु बैंकको ९८ करोड ठगी प्रकरण : गुण एयरलाइन्सका सञ्चालक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।

बैंकिङ कसूरमा संलग्न रहेको भन्दै बुधबार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले ललितपुरको जावलाखेल पक्राउ गरेको हो ।

उनीमाथि प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको, विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप लागेको छ ।

९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

गत आइतबार सिआइबीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई समेत पक्राउ गरेको थियो ।

सीआईबीले गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।