काठमाण्डु – संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गुण एयरलाइन्सलाई उडान अनुमति दिएको छ । मन्त्रीस्तरिय निर्णयबाट ५ थान जे ४१ जेटस्ट्रिम जहाजले उडानको अनुमति पाएको हो ।
यसअघि २ वटा बिचक्राफ्ट विमानको उडान अनुमति पाएको कम्पनीले थप ५ जेटस्ट्रिम जहाजको उडान अनुमति पाएको हो । अब गुणको फ्लिटमा ७ विमान हुनेछ । थप गरिएको फ्लिट २०७९ वैशाख १४ गतेभित्र उडान गर्नुपर्ने जनाइएको छ ।
एयरलाइन्सलगायत दर्जनौं व्यवसायमा लगानी गरेको गुण समुहले पाँच जेटस्ट्रिम यति एयरलाइन्ससँग खरिद गरेको हो । सबै जहाज काठमाण्डु आधार हुने गरी उडान हुने कम्पनीले जनाएको छ । गुणले आफ्नो पहिलो व्यावसायिक उडान पोखराबाट गर्ने योजना बनाएको छ ।




प्रतिक्रिया