गुण्डागर्दी गर्ने चार पक्राउ

गुण्डागर्दी गर्ने चार पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी- सुनसरीको इटहरीमा दिउँसै गुण्डागर्दी गर्ने चार जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी–८ का २० वर्षीय अनिष सुवेदी, १९ वर्षीय दोर्जे वाइबा, २० वर्षीय शिशिर बस्नेत र बोकी घिमिरे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

इटहरी उपमहानगरपालिका–९ मा रहेको सुबिसु केवल नेटवर्कको कार्यालय नजिकै वडा नं १० का सागर तामाङलाई खुकुरी प्रहार गर्ने प्रयास गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ शर्माले जानकारी दिए। पक्राउ परेकाहरुको साथबाट प्रहरीले खुकुरीसमेत बरामद गरेको छ।