‘गुन्डा नाइके’ रमेश बाहुन समूहका ‘सुटर’ पक्राउ

‘गुन्डा नाइके’ रमेश बाहुन समूहका ‘सुटर’ पक्राउ


काठमाडौं – ‘गुन्डा नाइके’ रमेश बाहुन समूहका एक ‘सुटर’ पक्राउ परेका छन् । नेपाल प्रहरीको महानगरिय अपराध महाशाखाको टोलीले बाहुन समूहका सुटर दुर्गा राईलाई शनिबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाकाअनुसार पाँच वर्ष जेल बसेर छुटेका राईले विभिन्न व्यवसायीलाई धम्की दिँदै रकम असुली गर्न थालेको जानकारी पाएपछि उनलाई पक्राउ गरिएको हो । यस्तै, ‘गुन्डा नाइके’ दावा लामा समूहमा रहेर काम गर्ने विष्णु धिताल पनि पक्राउ परेका छन् । धिताल पेप्सीकोलाबाट पक्राउ परेका हुन् ।