एमाले अध्यक्ष ओलीलाई समवेदना दिन कांग्रेस उपसभापति र महामन्त्रीद्वय गुण्डुमा

एमाले अध्यक्ष ओलीलाई समवेदना दिन कांग्रेस उपसभापति र महामन्त्रीद्वय गुण्डुमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेकोमा समवेदना प्रकट गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरू उनको भक्तपुरस्थित गुण्डु निवास पुगेका छन् ।

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दु:ख व्यक्त गर्न र शोकाकुल परिवारजनमा ढाडस दिन नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल र महामन्त्री गुरुराज घिमिरे गुण्डु पुगेका हुन् ।

सो अवसरमा कांग्रेस नेताहरूले दिवंगत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष ओली र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरे ।

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको हालै ९५ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र शुभेच्छुकहरू समवेदना प्रकट गर्न ओली निवास पुग्ने क्रम जारी छ ।