गुर्जा हिमाल चढ्न गएका आठ जनाको मृत्य र एकजना वेपत्ता


काठमाडौं – म्याग्दी जिल्लामा पर्ने गुर्जा हिमाल आरोहणमा गएका आठ जनाको मृत्यु र एक जना वेपत्ता भएका छन् ।  काठमाडौंबाट प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पांच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ । शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ । मौसममा सुधार भएपछि मध्याह्न पुनः खोजीमा जाने प्रहरीले जनाएको छ ।

गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउंपालिकाबाट २१ गते बेसक्याम्पतर्फ हिंडेको थिए । टोलीमा भरिया गुर्जा गाउंकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए । पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement