प्रतिनिधिसभाको पहिलो बैठकमा एमालेले गर्‍यो ओली पक्राउको विरोध

प्रतिनिधिसभाको पहिलो बैठकमा एमालेले गर्‍यो ओली पक्राउको विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– फागुन २१ को निर्वाचनपछि गठित नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो ।

सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले एमालेका सांसद गुरु बराललाई बोल्न समय दिएका छन् ।

बरालले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई सरकारले पक्राउ गरेकामा आपत्ति जनाए ।

पहिलो बैठकको सुरुमै एमालेका सांसदहरुले आसनबाट उठेर बोल्न समय मागेका थिए । बैठक सुरु हुनासाथ सांसद बरालले उठेर विरोध गरेपछि सभामुख केसीले बोल्न समय दिए ।