रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा

रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।

तत्कालीनकेपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका भट्टराईले आचरणविपरीत काम गरेको भन्दै केही दिन अगाडि सरकारले स्पष्टिकरण सोधेको थियो ।

उनले आफूले आफ्नो दक्षता एवं क्षमताको प्रयोग गरी रेलवे ट्रयाक तथा अन्य भौतिक संरचना निर्माणको कार्य सम्पन्न गरी गराई नेपाल रेलवे कम्पनीले उक्त संरचना बुझ्ने अन्तिम अवस्थामा रहेको, नेपालमा हाल उपलब्ध हुन नसकेको रेलवेको सञ्चालन र मर्मत सम्भार सम्बन्धी कार्यको लागि दक्ष जनशक्तिको तालिम सम्पन्न गराएको, नेपालमा उपलब्ध हुन नसकेको रेल्वे सञ्चालन र मर्मत सम्भार सम्बन्धी उच्च दक्ष जनशक्ति भारत सरकारसँग सम्झौता सम्पन्न गरेर त्यस्ता जनशक्ति रेल सञ्चालनको निमित्त परिचालन हुन तयार अवस्थामा रहेको उल्लेख गरेका छन् ।