योजनावद्ध विकास अहिलेको आवश्यकता हो : पृथ्वीसुब्बा गुरुङ

योजनावद्ध विकास अहिलेको आवश्यकता हो : पृथ्वीसुब्बा गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले योजनावद्ध विकास अहिलेको आवश्यकता भएको बताएका छन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको तेस्रो बैठकमा उपमहासचिव गुरुङले कार्ययोजना बिनाको कुनै पनि काम सफल नहुने भन्दै हरेक क्षेत्रमा योजनावद्ध विकासको महत्व रहेको दाबी गरे ।

कम्युनिष्ट पार्टीहरुमा सिद्धान्त प्रधान हुने भएकाले संसार भरका कम्युनिष्टहरुले विधिमा बसेर काम गर्ने गरेको पनि जिकिर गरे । ‘कहिलेकाहीँ पार्टीमा सिद्धान्त र विधिभन्दा व्यक्ति प्रधान भएको देखिन्छ । तर, विशिष्ट परिस्थितिमा मात्रै त्यस्तो देखिएको हो’, गुरुङले भने, ‘सिद्धान्त र विधिलाई व्यवहारमा लागू गर्नसक्ने, विशिष्ट परिस्थितिको सामना गर्नसक्ने व्यक्ति नै नेता हो ।’

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख रस्मी आचार्यले पत्रकारिता क्षेत्र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । आचार्यले सूचना र सञ्चारको युग भएकाले दिनदिनै परिवर्तन हुने प्रविधिलाई युवा पत्रकारहरुले आत्मसाथ गर्नसक्नुपर्ने बताए ।