माओवादी केन्द्रकाे संसदिय दलको प्रमुख सचेतकमा देव गुरुङ


काठमाडाैँ –  माओवादी केन्द्रको संसदिय दलको प्रमुख सचेतकमा देवप्रसाद गुरुङलाई बनाउने सहमती गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमल्टारमा बसेको बैठकले गुरुङलाई प्रमुख सचेक बनाउने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई बनाउने सहमति भइसकेको बताइएको छ । तर, निर्णय भने भएको छैन । स्रोतका अनुसार पुनले पराष्ट्रपतिमा हुदाँ माओवादी केन्द्रको राम्रो इमेज बाहिर ल्याउन सफल भएको, विवादमा नअाएकाे भन्दै उनलाई दोहाउने पक्षमा बैठकमा सहमती भएकाे माअाेवादी केन्द्रका एक नेताले काठमाडौँपाटीलाई बताए ।

बैठकमा नेताहरु नारायणकाजी श्रेष्ठ, गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादल, देव गुरुङ्ग, कृष्णबहादुर महरा, शक्ति बस्नेत सहित कार्यालयका उपलब्ध सदस्य सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement