राष्ट्रसंघका महासचिवलाई रक्षामन्त्रीले भने ‘नेपाली सेनालाई शान्ति मिसनमा नेतृत्वदायी भुमिका चाहियो’

राष्ट्रसंघका महासचिवलाई रक्षामन्त्रीले भने ‘नेपाली सेनालाई शान्ति मिसनमा नेतृत्वदायी भुमिका चाहियो’


काठमाडौं– उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटरेसबीच घेटवार्ता भएको छ । महासचिव गुटरेससंग भएको द्धिपक्षीय भेटवार्तामा उपप्रधानमन्त्री पोखरेलले शान्ति सेनामा खटेर जाने सुरक्षाकर्मीहरूको रक्षा, सुरक्षा र सम्मानप्रति चासो व्यक्त गरेका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघले खेल्दै आएको भूमिका,त्यसलाई थप सवल बनाउंदै लैजानुपर्ने आवश्यकता रहेका बताएका छन् । उनले शान्ति स्थापनाका लागि नेपालले छ दशकदेखि भुमिका खेल्दै आएको भन्दै आगामी दिनमा पनि त्यसको निरन्तरता हुने विश्वास व्यक्त गरेका छन् ।
उनले गुटरेससंगको भेटमा शान्ति सेनामा महिला सहभागिता र नेपाली शान्ति सेनाहरूले राष्ट्रसंघको मुख्यालय र शान्ति मिसनहरूमा समेत उच्च तहमा नेतृत्वदायी तहमा भूमिका खेल्नका लागि अवसर दिनुपर्ने बताएका छन् ।

भेटमा महासचिव गुटेरेसले नेपालले संयुक्त राष्ट्रसंघको मिसनहरूमा खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा संयुक्त राष्ट्र संघले समेत नेपाललाई सकारात्मक रूपमा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।