ढुक्क हुनुस, सरकारले विधेयक सच्याउँछः प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको मन दुखाउन नचाहेको भन्दै गुठी विधेयकमा केही गल्ती भए सच्याउने बताएका छन् ।

साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्रा्ष्ट्रि«य विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै साँस्कृतिक, ऐतिहासिक धरोहर, परम्परा, रितिस्थितिमाथि जानेर र नजानेर घच्चा लागेको रहेछ भने सरकारले विद्येयक सच्याउने बताए ।

उनले भने, ‘म आइसक्या छु सबै कुरा हेरेर सांस्कृतिक र ऐतिहासिक धरोहर, परम्परतामा कुनै कुराले कहीँ पनि जानेर र नजानेर घच्चा लागेको रहेछ भने सरकारले सच्याउँछ, ढुक्क हुनुस ।’

उनले प्रतिपक्षी दलप्रति लक्षित गर्दै विधेयकको विरोधको मौका नछोप्न पनि आग्रह गरे । ‘केही मान्छेले खुबै मौका पायौं भनेका होला कुनै चान्स छैन,’ उनले भने, ‘यो सरकारले जनताका हितमा काम गर्छ ।’ उनले गुठीका गरिबमाथि शोषण भइराखेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement