काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तावित गुठी विधेयकका विषयमा काठमाडौँबाट निर्वाचित सांसदहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्नुअघि नेता नेपालले सांसदहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्री ओलीले पनि आजै विद्येकको बिषयमा उपत्यकाबाट निर्वा्चित संघीय संसद, प्रदेशसभा सदस्य र मेयर उपमेयरको बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
त्यसअघि पूर्वप्रधानमन्त्री नेपालले आज दिउँसो एक घण्टा सिंहदबारस्थित कृषि समितिका हलमा गुठी विद्येयकबारे काठमाडौंबाट निर्वाचित सांसदहरुसँग छलफल गरेका हुन् ।
छलफलमा सहभागी सांसदहरुले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेका कारण विधेयकमा जनतामा आक्रोश पैदा भएको भन्दै तत्काल फिर्ता लिनका लागि पहल गर्न नेता नेपाललाई आग्रह गरेका थिए । विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिने र सरोकारवालाहरुसँग व्यापक छलफलपछि मात्रै अघि बढाउनेमा सांसदहरुले जोड दिएका नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।




प्रतिक्रिया