परराष्ट्रमन्त्री ज्ञवाली दम्पतीले गरे शरीर दान

परराष्ट्रमन्त्री ज्ञवाली दम्पतीले गरे शरीर दान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दम्पतीले अंगदान गरेका छन्। नेकपाका नेतासमेत रहेका मन्त्री ज्ञवाली र उनकी श्रीमती सरस्वती ज्ञवाली अर्यालले मरणोपान्त अंग दिने मन्जुरी दिएका हुन्। उनले मृगौला, मुटु,फोक्सो, कलेजो,प्याङ्क्रियाज र सानो आन्द्रा गरी ६ अंग दान गरेका हुन्।

दुवैजनाले शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा पुगी मरणोपर्न्त अंगदान गर्ने मञ्जरी दिएका हुन्। अंग झिकी ती अंग आवश्यकता भएका जुनसुकै बिरामीको शरीरमा प्रत्यारोपण गर्न मञ्जुरी दिएका छन्।

अंगदान गर्ने मञ्जुरी दिएपछि मन्त्री ज्ञवालीले ट्विटबाट उक्त कुराको जानकारी दिएका हुन्। उनले ट्वीटरमा लेखेका छन्- बुढाबुढी दुबैले आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर पुगेर (मरणोपान्त) अंगदान गरेर आयौं।जिन्दगीको त के भरोसा छ र ! जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्- बस् यत्ति कामना छ।’