काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट विभिन्न शीर्षकमा आएको रकम भ्रष्टाचार भएको भन्दै अमेरिकी राष्ट्रपतिले नै भनिसकेपछि अब हिसाब माग्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले नेपालमा संघीयताको नाममा आएको रकम अमेरिकी राष्ट्रपतिले भ्रष्टाचार भनेकाले कसले र किन ल्यायो भनेर छानबिन गरी कारबाही गर्नुपर्ने बताए ।
नेपालले अमेरिकाबाट लिएको सहयोग अमेरिकी राष्ट्रपतिले नै भ्रष्टाचार भनेपछि अमेरिकामा बस्ने नेपालीको शीर झुकेको भन्दै उनले भ्रष्ट नेताहरूकै कारण यस्तो भएको बताए ।
नेपाल राष्ट्र बैंकको अनुमति विना विदेशी रकम भित्र्याउन नपाउने भन्दै गभर्नरलाई समिति बैठकमा बोलाएर रिपोर्ट माग्नुपर्ने उनले बताए ।
प्रमुख सचेतक शाहीले एमसीसी पास गर्नेहरूप्रति व्यंग्य गर्दै अमेरिकाले चिलिम देखाएपछि उनीहरू देशै छाडेर भाग्नुपर्ने अवस्थामा पुग्न लागेको बताए । एमसीसीमा नेपालको पनि पैसा परेको र त्यो खेर जाने अवस्था पुगेको उनले बताए ।




प्रतिक्रिया