चितवन – नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि भरतपुरमा निर्घात कुटपित भएको छ । ज्ञानेन्द्र शाहीको समूहले कार्यक्रम सुरु गर्नै लाग्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ज्ञानेन्द्र शाही विरुद्ध कार्यक्रम स्थलमै नाराबाजी गर्न थालेपछि लगतै शाहीमाथि कुटपिट गरेकाे थियाे ।
प्रहरीले सुरक्षाको कारण देखाउदै शाहिलाई उद्दार गरेको छ । चौबीसकोठी वरिपरि सुरक्षा ब्यवस्था कडा पारिएको छ । यस अघि सत्तारुढ दलकै युवा संगठनले ज्ञानेन्द्र शाहीलाई विभिन्न जिल्लामा प्रवेशमा रोक लगाउने भन्दै बिज्ञप्ति जारी समेत जारी गरेका थिए ।
केही दिनअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चर्को विरोध भएको थियो। घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको छ ।





प्रतिक्रिया