पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न गोरखामा धुमधाम, के छ कार्यक्रम ?

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न गोरखामा धुमधाम, के छ कार्यक्रम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न गोरखामा धुमधाम तयारी सुरु गरिएको छ ।

पूर्वराजा शाहको संवाद सचिवालयले बुधबार विज्ञप्तिमार्फत शाह यसै हप्ता गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजाअर्चना गर्न जानेबारे जानकारी दिएकै दिन गोरखामा स्वागतका लागि समिति गठन गरिएको छ ।

पूर्वराजाको भ्रमणको आन्तरिक व्यवस्थापन गर्न भगवानदास मल्लको नेतृत्वमा १५१ सदस्यीय नागरिक समाज समिति गठन गरिएको छ ।

पूर्वराजाको स्वागत, प्रचारप्रसार तथा समन्वय र व्यवस्थापनका लागि समिति मातहत अन्य ३ उपसमिति गठन गरिएको संयोजक मल्लले बताए ।

आगामी शनिबार परेको चैत्रकृष्ण अष्टमी र गोरखकाली पूजाको अवसर पारेर पूर्वराजा शाह शनिबार बिहान आँबुखैरेनी आइपुग्ने, आँबुखैरेनीबाट मोटरसाइकल र्‍यालीका साथ गोरखा ल्याउने कार्यक्रम तय भएको स्वागत समितिका होमसिंह बस्न्यातले बताए ।

गोरखा दरबारको बसपार्कबाट गोरखा दरबार, गोरखकाली तथा गोरखनाथ मन्दिरसम्म पूर्वराजा शाह पैदल जाने कार्यक्रम छ । पैदल यात्राका क्रममा सर्वसाधारणले भेटघाट तथा स्वागत गर्ने तय गरिएको छ ।

यसअघि पोखरा भ्रमण गरेका पूर्वराजा शाह काठमाण्डु फर्किंदा राप्रपाले शक्ति प्रदर्शनको रूपमा स्वागत गरेको थियो । जसबाट नेपाली राजनीति र प्रमुख दलहरू तरङ्गित बनेका थिए ।