काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली आमाको काँख खोस्ने अधिकार नभएको टिप्पणी गरेका छन् ।
जेनजी आन्दोलनमा सरकारबाट दमन भएपछि प्रदर्शनकारीको मृत्यु भइरहेका बेला सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सांसद शाहीले सत्तारुढ नेताहरूलाई भ्रष्टको संज्ञा दिएका छन् ।
उनले लेखेका छन्, ‘भ्रष्ट नेता हो … तिम्रा सन्तानहरू भोगविलासको मस्तिमा । गरीबका छोराछोरीलाई हान्छौ गोली छातीमा । आदरणीय प्रहरी साथीहरु म तपाईंलाई बिन्ती गर्दछु – यी भ्रष्ट नेताहरूको आदेश नमान्नुस्, हामी निमुखा गरीबका छोराछोरीहरूलाई छातीमा गोली ताकेर नहान्नुस् । यो आन्दोलन तपाईंहरूको पनि आन्दोलन हो, तपाईंका छोराछोरीहरूको पनि आन्दोलन हो । (मलाईसम्म कार्यालयमा बन्धक बनाएर राखेको छ यो सरकारले) प्रधानमन्त्रीज्यू, तपाईंका सन्तान छैनन् भन्दैमा अरुका सन्तानहरू नमारर्दिनुहोस्, आज उनका आमाहरू आफ्नो छोराको आश गरेर घरमा बसिरहेका छन् । तपाईंलाई नेपाली आमाको काँख खोस्ने अधिकार छैन, कुनै पनि हालतमा छैन प्रधानमन्त्रीज्यू ।’





प्रतिक्रिया