जुम्लामा ज्ञानेन्द्र शाहीको उम्मेदवारी दर्ता

जुम्लामा ज्ञानेन्द्र शाहीको उम्मेदवारी दर्ता


मुगु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट ज्ञानेन्द्र बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शाहीले उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७९ सालको निर्वाचनबाट बहुमत ल्याएर विजयी भएका शाही फेरि जुम्ली जनताको शरणमा आएका छन् । जुम्लालाई देशभर चिनाएको र अब समग्र कर्णालीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शाहीले भने, ‘कर्णाली चिनाउन, कर्णालीको उत्पादनलाई विश्व बजारमा पुर्‍याउन मेरो उम्मेदवारी हो । म ललितपुर, सुर्खेतबाट सिफारिस हुँदा जन्मभूमिकै माया लागेर फर्किंएँ । जनता जर्नादनको हातमा निर्णय छोडेको छु । निर्णय जे आउँछ स्वीकार गर्छु ।’

२०७९ सालको निर्वाचन शाही ६ महिनाअघि नै जुम्लाका गाउँगाउँमा पुगेका थिए । तर यसपालि उम्मेदवारी दर्ता गर्ने दिन मात्रै उनी जुम्ला पुगेका हुन् । अन्तिम समयसम्म कहाँबाट चुनाव लड्ने अनिश्चितताबिच अन्तिममा जुम्लालाई रोजेका छन् ।