जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट निर्वाचित भएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार नरेश भण्डारीलाई पराजित गर्दै उनी पुन: सांसद बनेका छन् । शाही यसअघि समेत जुम्लाबाटै सांसद थिए ।

शाहीको जीतसँगै प्रत्यक्षतर्फ देशभरमा राप्रपा जुम्लामा मात्रै जितेको छ भने अन्यत्र कतै पनि राप्रपाको अग्रता पनि छैन । शाहीले १४ हजार ८१६ र भण्डारीले ११ हजार ६३५ मत पाएका छन् ।

जुम्लामा नेपाली कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १४३ र नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५१८ मत पाएका छन् ।

जुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार विनिता कठायतले ४२१ मत मात्रै पाएकी छन् ।