काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दामा विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीसँग १५ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ । मुद्दाको थुनछेक आदेशका लागि सोमबार उनी विशेष अदालतमा उपस्थित हुँदा धरौटीमा रिहा गर्न आदेश भएको छ ।




प्रतिक्रिया