पूर्व राजा ज्ञानेन्द्र शाहले गरे नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा

पूर्व राजा ज्ञानेन्द्र शाहले गरे नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा


बुटवल – पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ स्थित नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा गरेका छन् ।

पुस १ गतेबाट सुरु भएको शिवशक्ति–११ अतिरुद्री महायज्ञमा आज पूर्व राजा शाहले पूजा गरेका छन् ।

मन्दिर परिसरमा भेला भएका समर्थकले ‘राजा आऊ, देश बचाऊ’ नारा लगाएका छन् । पूर्व राजालाई मन्दिरका पुजारी तथा पदाधिकारीले स्वागत गरेका थिए ।

पुस ९ गते भैरहवा आएका पूर्व राजा शाहले यसअघि नवलपरासी बर्दघाटमा रहेको मन्दिरमा पनि पूजा गरेका थिए । उनलाई पुस १९ गते भैरहवामा नागरिक अभिनन्दन गरिएको छ ।