पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरे ६२ वर्षमा ‘इन्गेजमेन्ट’


काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गरेका छन् । कार्कीले ६२ बर्षको उमेरमा उत्सव सम्शेर राणाकी नातिनीसँग तेस्रो विवाहको टिकोटालो गरेका हुन् ।

दिनभर पार्टी कार्यलयमा पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका उनले आइतबार साँझ राजधानीको थापाथलीस्थित एक पार्टी प्यालेसमा टिकाटालो गरेका हुन् ।

कार्कीको परिवारले आफ्नो परिवारका केही समिति सदस्यलाई मात्रै बोलाएर इङ्गेजमेन्ट गरेका हुन् । गोप्य ढंगले इंग्जेमेन्ट गरेका कार्कीले विवाहको मिति भने सार्वजनिक गरेका छैनन् ।

कार्कीको यस अगाडी विवाह गरेका दुबै श्रीमतिको निधन भएपछि उनले तेस्रो विवाह गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement