नेकपाका आलिताल गाउँपालिका अध्यक्ष अहरणमुक्त

नेकपाका आलिताल गाउँपालिका अध्यक्ष अहरणमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र जोशी अपहरणमुक्त भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुरा जिल्लाबा जोशी शुक्रवार पार्टी काममा खटिएको बेला अपहरणमा परेका थिए ।

उनी अपहरणमुक्त भए पनि गम्भीर घाइते अवस्थामा फेला परेको पार्टीले जनाएको छ । नेकपा डडेल्धुराका सचिव वीरेन्द्रकुमार बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै आलिताल गाउँपालिका–३ को वडा कमिटी बैठकमा सहभागी हुन जानेक्रममा वडाकै चौरबण्डमा मुकुण्डोधारी समूहले जोशीको अपहरण गरेको जनाएका छन् ।

‘गैरराजनीतिक तरिकाले आतंककारी शैलीमा गरिएको यस्तो घटनाले हाम्रो पार्टी र पार्टी कार्यकर्ताको मनोबलमा कुनै प्रकारको विचलन आउने छैन र यस्ता प्रकारका घृणित क्रियाकलाप जो कसैले गरेको भएपनि आफैं जनता र समाजको अगाडि नाङ्गिने छन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘नेकपा डडेल्धुरा यस्ता प्रकारका उच्छृंखल गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई सचेत गराउन चाहन्छ । यस्तो घृणित क्रियाकलापमा संलग्नहरूलाई यथाशीघ्र खोजी कानून बमोजिम हदैसम्म कारवाहीका लागि नेकपा डडेल्धुरा अनुरोध गर्दछ ।’