काठमाण्डु – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सकारात्मक नदेखिएको बताएका छन् ।
मंगलबार बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका मन्त्री कार्कीले संसदको अवरोध हटाउन आग्रह गरेका थिए । तर जवाफमा ओलीले छलफललाई निरन्तरता दिने बताएपछि उनले एमाले संसदको अवरोध अन्त्य गर्न सकारात्मक नदेखिएको बताएका हुन् ।
संसदको नवौं अधिवेशन भदौ २३ बाट सुरु भएको थियो । पार्टी विभाजनमा सभामुख अग्नि सापकोटाको मुख्य भूमिका रहेको भन्दै एमालेले नियमित रुपमा संसद अवरुद्ध गर्दै आइरहेको छ ।
एमालेले सभामुखले माधव नेपालसहित १४ सांसदलाई गरेको कारबाहीको सूचना टाँस गर्नुपेर्ने या राजीनामा दिनुपर्ने सर्त अघि सारेको छ ।




प्रतिक्रिया