काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बसेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बसेका हुन्।
माओवादी केन्द्रका अध्यक्ष दाहाल शुक्रबारको सत्ता गठबन्धनको बैठकमा सहभागि भएका थिए । सोही बैठकमा बसेका कार्की पनि रिपोर्ट नआउन्जेल होम आइसोलेसनमा बसेका छन् । पिसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने उनको भनाइ छ ।
यता सत्ता गठबन्धनको बैठकमा सहभागि प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेसनमा छन् । माओवादीका नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।




प्रतिक्रिया