प्रधानमन्त्री दुई पटकमात्रै बन्न पाउने प्रस्ताव अलोकतान्त्रिक : ज्ञानेन्द्रबहादुर कार्की

प्रधानमन्त्री दुई पटकमात्रै बन्न पाउने प्रस्ताव अलोकतान्त्रिक : ज्ञानेन्द्रबहादुर कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले दुई पटकसम्म मात्र प्रधानमन्त्री बन्न पाउने नीतिगत व्यवस्था अलोकतान्त्रिक हुने बताएका छन् ।

आजको केन्द्रीय समिति बैठकमा धारणा राख्दै कार्कीले भने, ‘प्रधानमन्त्री दुईपटक मात्र बन्न पाउने गरी विश्वप्रकाशजीले ल्याएको प्रस्तावलाई पार्टीले नीति बनाउने हो भने त्यो अलोकतान्त्रिक हुन्छ । जनताले चाहँदासम्म प्रधानमन्त्री बन्न पाउनुपर्छ ।’

कांग्रेस बैठकमा महामन्त्री शर्माले पेश गरेको राजनीतिक प्रस्तावमा राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने उल्लेख छ ।

संविधानमा राष्ट्रपति दुई कार्यकालसम्म हुन पाउने व्यवस्था छ । तर विश्वप्रकाशले ल्याएको प्रस्ताव संविधानको व्यवस्थाविपरीत भएको भन्दै आलोचना भइरहेको छ