वाह्य दवावका कारण धर्म र संस्कारमा ह्रास आयोः पूर्वराजा शाह

वाह्य दवावका कारण धर्म र संस्कारमा ह्रास आयोः पूर्वराजा शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्य दबाबका कारण सांस्कृतिक अतिक्रमण भएको बताएका छन् ।

आइतबार भारतको उत्तराखण्डाको हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि पूर्वीय दर्शन, धर्म र सनातनीय संस्कारमा ह्रास आएको स्वीकार गरेका हुन् ।

नेपाल र भारतका कयैन देवस्थलहरुले विश्वव्यापी मान्यता राख्ने बताएका छन् । उनले पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको बताए ।

‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको, के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको थिए, बडो चिन्ताका साथ हाम्रो आर्य सभ्यताको महत्व खिँदै गएको कुरामा उहाँले उक्त निबन्ध लेख्नुभएको थियो’, उनले भने, ‘हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।’

शाहले हिन्दु धर्म, सभ्यता, संस्कृतिका अनेक आदर्शहरुले विश्व कै मानवीय मूल्यलाई डोर्याउने बताउँदै त्यसलाई बचाउन र हिन्दु संस्कृतिको रक्षा गर्दै मठ, मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुपर्नेमा जोड दिए ।

अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नुछ । हाम्रा मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुछ । हाम्रा गंगा नदिहरुको प्रवाह स्वच्छ पार्नुछ । भगवान रामले भन्नु भएको थियो ‘अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने सद्युक्तिको ख्याल हामीले राख्नैपर्दछ ’, उनले भने ।

निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा पूर्वराजा शाह हरिद्वार पुगेका हुन् । हरिद्वारको गंगा किनारमा अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान ९ बजे वैदिक मन्त्रोच्चारण साथ पूर्व राजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको थियो ।