नयाँ वर्षमा पूर्वराजाको सन्देश : निषेध र चक्रब्यूहबाट बाहिर आउनुपर्छ

नयाँ वर्षमा पूर्वराजाको सन्देश : निषेध र चक्रब्यूहबाट बाहिर आउनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले विदेशी प्रभाव र परनिर्भरताबाट मुक्त हुनुपर्ने बताएका छन् ।

मंगलबार नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना दिँदै पूर्वराजा शाहले राजननीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारिता सबैमा हुनुपर्ने भन्दै विदेशीसँगको प्रभावबाट मुक्त हुन सबैलाई आग्रह गरेका छन् ।

‘अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने आवश्यकता हो । टाठाबाठा मात्र शुखी सम्पन्न सुविधाभोगी हुँदै जाने र निमुखा सर्वसाधारणहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नै पर्ने हुन्छ’, शुभकामना सन्देशमा उनले भनेका छन् ।

पूर्वराजा शाहले नेपालीहरुले फुटेर होइन जुटेर शक्ति संरक्षण गर्नुपर्ने बताएका छन् । उनले नेपालमा राजनीतिक संकट आइपरेको भन्दै सबैका साझा समस्या रहेको र एउटा बिग्रेको अर्कोले हेर्ने बेला नभएको पनि बताएका छन् ।

‘नेपाली हामी फुटेर होइन शक्तिकाे संरक्षण गरौ जुटेर । एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ । हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला छैन् । सबैको एउटै उदेश्य हुनुपर्दछ । एउटै कामना हुनुपर्छ । देशको उन्नती र अधोगति हामीहरुकै हातमा छ । पहिले देश अनि मात्र आफू भन्ने भावना सबैमा हुनु आवश्यक छ ’, उनले भनेका छन् ।

निषेध र चक्रब्यूहबाट बाहिर आउनुपर्ने बताउँदै उनले मेची महाकाली बचाउने पालो हाम्रै भएको बताएका छन् ।

‘निषेध र चक्रब्यूहबाट बाहिर आउनैपर्छ । मेची महाकाली–देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो । सनातन हाम्रो संस्कार हो ’, उनले भनेका छन् ।