भारतमा ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतमा सम्मान

भारतमा ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतमा सम्मान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतमा सम्मान गरिएको छ ।

धार्मिक भ्रमणको क्रममा भारतको उत्तर प्रदेशमा रहेका पूर्वराजा शाहलाई भारतका केन्द्रीय राज्यमन्त्री साध्वी निरञ्जन ज्योतिले राजाकै हैसियतमा सम्मान प्रकट गरेकी छन् ।

पूर्वराजा ज्ञानेन्द्रसँगको भेटका केही तस्विरसहित ट्वीट गर्दै भारतको ग्रामिण विकास राज्यमन्त्री साध्वीले उनलाई ‘राजा’ कै रुपमा सम्बोधन गरेकी छन् ।

मंगलबार उनले ट्वीट गर्दै लेखेकी छन्, ‘पतञ्जली योगपीठमा नेपाल नरेश श्री ज्ञानेन्द्र वीर विक्रम शाहजी एवं पूज्य सन्तवृन्दसँग पूज्य योगी श्री रामदेव र आचार्य बालकृष्णजीको पावन सानिध्यमा पतञ्जली योगपीठद्वारा आयुर्वेद क्षेत्रमा नवीन अनुसन्धान र सेवा कार्यको विषयमा जानकारी प्राप्त गर्ने अवसर मिल्यो ।’

त्यस्तै रामदेवले राजा ज्ञानेन्द्र शाह पतञ्जलीको काम देखर आश्चर्यमा परेको बताएका छन् । ‘नेपालका राजा ज्ञानेन्द्र शाहजीले आज पतञ्जली योगपीठको काम देखेर छक्क पर्नुभयो’, उनले भने ।