पूर्वराजा ज्ञानेन्द्र मंगलबार सिंहदरबार जाने

पूर्वराजा ज्ञानेन्द्र मंगलबार सिंहदरबार जाने


काठमाण्डु- पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार सिंहदरबार जाने भएका छन् ।

उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको जनाइएको छ । पूर्व राजा शाह मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ ।

मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ । यो दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन ।