पूर्वराजा ज्ञानेन्द्र शाह भुटान प्रस्थान

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाह बिहिबार बिहान ड्र्र्रक एअरबाट भुटान प्रस्थान गरेका छन् । ड्र्र्र्क एअरको उडान नम्बर केबी–४०१ मा पूर्वराजा ज्ञानेन्द्र काठमाडौँबाट पारो प्रस्थान गरेका उनको सचिवालय निकट स्रोतले जानकारी दियो ।

पूर्वराजा शाहसँगै पूर्वयुवराज्ञी प्रेरणा राज्यलक्ष्मी सिंह, सिताष्मा राज्यलक्ष्मी सिंह, राजेशबहादुर सिंह र जगदिशचन्द्र हमाल पनि पारो प्रस्थान गरेका छन् ।

घटस्थापनाको दिन भुटान उडेका पूर्वराजा ज्ञानेन्द्र असोज २० गते सोही उडानबाट काठमाडौँ फर्किने कार्यसूची रहेको उनको सचिवालय स्रोतले जानकारी दियो ।

नेपाल भ्रमणमा रहेका भुटानी राजकुमार जिग्मे दोर्जे वाङ्गचुक पनि पूर्वराजा ज्ञानेन्द्र भुटान जान लागेको डार्कको सोही उडानमै स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दियो ।