काठमाण्डु– पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन्।
बुधबार ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले वर्तमान परिस्थितिको गम्भीरतालाई बुझ्न पर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुनेछ।’
यस्तै पूर्वराजा शाहले जुनसुकै व्यवस्थाका पनि राम्रा पक्षलाई मात्र लिनुपर्ने र नराम्रा पक्षलाई त्याग्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यस्तालाई फाल्नु र फ्याँक्नुपर्छ ।’ उनले देशको भू–बनोट र समाजको प्रकृति सुहाउँदो व्यवस्थाले मात्र सकारात्मक परिणाम दिने दाबी समेत गरेका छन् ।
पूर्वराजाले विगतका परिवर्तनहरूले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको बताएका छन् ।




प्रतिक्रिया