काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना गरेका छन् ।
शाहको शुभकामना सन्देश लिएर उनका पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन ओली उपचारार्थ भर्ना भएको शिक्षण अस्पताल पुगेका थिए ।
शाहले ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट प्रधानमन्त्री केपी शर्मा वलीको सफल मृगौला प्रत्यारोपणसहित शिघ्र स्वास्थ्यलाभको कामना गरिबक्सेको छ’, पूर्वराजाका सहयोगी फणिराज पाठकले भने, ‘मौसुफको शुभकामना सन्देश लिएर श्री ५ का पूर्व प्रमुख सचिव पशुपति भक्त महर्जन शिक्षण अस्पताल महाराजगन्ज जानु भएको छ ।’




प्रतिक्रिया