मध्यरातमा ‘रअ’ प्रमुखसँग पूर्वराजा ज्ञानेन्द्रको भेट, किन राखियो गोप्य ?

मध्यरातमा ‘रअ’ प्रमुखसँग पूर्वराजा ज्ञानेन्द्रको भेट, किन राखियो गोप्य ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख समान्त गोयलसँग गोप्य भेट गरेका छन् ।

ज्ञानेन्द्र शाहले लैनचौरस्थित भारतीय दूतावासको पछाडि पर्यटन व्यवसायी कर्ण शाक्यको निवासमा भेटेका हुन् ।

ज्ञानेन्द्र राति ११ बजे आफैंले कार हाँकेर समान्त भेट्न शाक्य निवास पुगेका थिए । यद्यपि उनीहरुको त्यो भेटलाई अहिलेसम्म गोप्य राखिएको छ । स्रोतका अनुसार ज्ञानेन्द्रले राजनीतिक दलहरुसँग जनता निराश बनेको र त्यसको विकल्प आफू भएको दाबी गरेका थिए ।

उनले राजतन्त्र पुनस्र्थापनाका लागि सहयोग गर्न र त्यसपछि आफू भारतीय चाहनामा काम गर्न तयार रहेको प्रतिबद्धता समान्तसमक्ष गरेका थिए । पहिला भारतलाई चिढ्याएर आफूबाट गल्ती भएको र आगामी दिनमा त्यस्तो नगर्ने पनि उनले बताएका थिए ।