काठमाडौं – एक महिना लामो विदेश बसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन । गत जेठ पहिलो हप्ता पारिवारिक भ्रमणमा थाइल्यान्ड निस्केका शाह (आज) सोमबार दिउँसो स्वेदश फर्किएका हुन ।
पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्डको फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको विश्व विद्यालयले आयोजना गरेको ग्राजुएसन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा सहभागी हुन पत्नी कोमलसहित थाइल्याण्ड गएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र र कोमलले थाइल्यान्डमा झण्डै एक महिना पारिवारिक भ्रमणमै बिताएको बताइएको छ ।




प्रतिक्रिया