चितवन – चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले चितवनका अबिरल पोखरेललाई पक्राउ गरेको हो । पोखरेलसँगै अर्का एक जना पनि पक्राउ परेका छन् । पक्राउ परेकाबारे प्रेस नोट जारी गरेर जानकारी दिइने चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए ।
आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्ने शाहीमाथि आक्रमण भएपछि आक्रमणकारी पक्राउ गर्न नसकिएको भन्दै प्रहरीको आलोचना भएको थियो ।
गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि अज्ञात समूहले आक्रमण गरेको थियो ।
ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि ढुंगामुढा भएको थियो । उनको टाउकोमा चोट लागेको थियो । प्रहरीका अनुसार घटनामा सम्लग्न अन्य केही फरार छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया