जुम्लाबाट चुनाव लड्ने ज्ञानेन्द्र शाहीको घोषणा

जुम्लाबाट चुनाव लड्ने ज्ञानेन्द्र शाहीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका प्रवक्ता ज्ञानेन्द्र शाहीले संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै शाहीले आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनी एकमात्र निर्वाचन क्षेत्र जुम्लाबाट निर्वाचन लड्ने भएका छन् ।

घोषणा कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि उपस्थित थिए । सामाजिक अभियन्ताको छवि बनाएका शाही गत फागुनमा राप्रपा प्रवेश गरेका थिए ।