युद्ध अपराधको मुद्दा बोकेर प्रधानमन्त्रीले पदमा बस्न मिल्दैन: ज्ञानेन्द्र शाही

युद्ध अपराधको मुद्दा बोकेर प्रधानमन्त्रीले पदमा बस्न मिल्दैन: ज्ञानेन्द्र शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले युद्ध अपराधको मुद्दा बोकेरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदमा बस्न नमिल्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको भन्दै अदालत जानुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यू यो संसदको सदस्य पनि हो । तर, प्रधानमन्त्रीको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ । सर्वोच्चले ३० गते हाजिर हुनु भनेर पत्र काटिसकेको छ । म सोध्न चाहन्छु ३० गते प्रधानमन्त्री अदालत जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल भएर जानुहुन्छ युद्ध अपराधजस्तो कुरामा अदालतमा जानेजस्तो कुरामा देशले अपराध गरेको होइन, व्यक्तिले गरेको हो । प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ । नैतिकताको आधारमा पनि पदमा बस्न मिल्दैन ।’, उनले भने ।

शाहीले अपराध जस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए ।  आज मात्रै प्रधानमन्त्री प्रचण्ड र पूर्वमाओवादी नेता बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।