तनावले वास्तवमै कपाल खैरो हन्छ ? यसो भन्छन् वैज्ञानिक


न्यूयोर्क – अधिक तनावले कपाल उमेर अगावै खैरो हुने नयाँ प्रमाणले देखाएको दावी वैज्ञानिकहरुले गरेका छन् ।

नेचर जर्नलमा प्रकाशित यो अनुसन्धान रिपोर्ट अमेरिकाको मासाचुसेट्समा रहेको हार्भड युनिभर्सिटीका टोलीले सञ्चालन गरेका हुन् । मुसामा विषादी प्रवेश गराएर पीडाको समयमा अनुसन्धान गर्दा मुसाको कपाल ४ साताको अवधिमा सेतो भएको थियो ।

यसले वैज्ञानिकहरुलाई तनावले कपाल खैरो हुने गतीमा वृद्धि भएको ठोकुवा गर्नका लागि थप प्रेरित गरेको छ । वैज्ञानिकहरुले मुसामा धेरै किसिमको तनावको अवस्था हेरेका थिए । यसमा पीडा, मनोवैज्ञानिक तनाव र स्व नियन्त्रणका कुराहरु समावेश छन् । प्रत्येक तनावले मिलानोक्टे सेलमा प्रभाव पारेको देखिएको छ ।

मिलानेक्टे सेल प्रत्येक मनिसको कपालमा पाइन्छ । यसले पिगमेन्ट मेलानिनको उत्पादन गर्छ । जसले कपालको रङ निश्चित गर्छ । मानिसमा मेलानिनको आपूर्ति समय अन्तरालामा घट्दै जान्छ । यसैले गर्दा मानिसहरुको कपाल उमेर घड्केसँगै खैरो र सेतो हुन जान्छ ।

अघिल्ला अनुसन्धानहरुले तनाव र प्रिमेच्यूर कपाल पूmलने अवस्थाबीचको सम्बन्ध देखाएका थिए । तर एकिन जैविक संयन्त्र अनिश्चि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement