हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – हाइटीमा आउँदो महिनामा हुन गइरहेको निर्वाचन र संवैधानिक जनमतसंग्रह अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन प्रशासनका सदस्यहरूलाई सोमबार बर्खास्त गरेपछि निर्वाचन र जनमत सङ्ग्रह अनिश्चित भएको हो ।

निर्वाचन अनिश्चितकालको लागि स्थगित भएपछि देश थप अनिश्चिततामा धकेलिएको छ ।सेप्टेम्बर २०२० मा राष्ट्रपतिको रुपमा जोवेल मोइसेको नियुक्तिपछि २०२१ जुलाईमा हत्या भएको थियो । त्यसपछि गठन गरिएको अस्थायी निर्वाचन परिषद् (सीईपी) का नौ सदस्यहरूलाई विपक्षी र जनताले कडा आलोचना गरेका छन् ।

सर्वत्र आलोचनाका कारण उनीहरूलाई बर्खास्त गरिएको हो । पटक पटकको छलफल पछि तय गरिएको निर्वाचन र संवैधानिक जनमत संग्रहको पहिलो चरणको मतदान आगामी नोभेम्बर ७ मा गर्ने तय भएको थियो । अहिले हुने भनिएको निर्वाचनले नै राष्ट्रपति समेत चयन गर्ने थियो, तर निर्वाचन नै नहुने भएपछि राजनीतिक संकट उत्पन्न हुने भएको छ ।