हलेसी आगलागी : ग्यास लिक भएर सुरु भएको आगोबाट ७ करोड ३० लाखको क्षति

हलेसी आगलागी : ग्यास लिक भएर सुरु भएको आगोबाट ७ करोड ३० लाखको क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–खोटाङको त्रिधार्मिकस्थल हलेसीमा आइतबार साँझ भएको आगलागीमा एक हार्डवेयर पसलसहित ३ घर जलेर खरानी भए । ग्यास लिक भएर सुरु भएको आगोले ति घर जल्दा ७ करोड ३० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ ।

हलेसी तुवाचुङ नगरपालिका ७ स्थित हलेसी मन्दिरनजिकै रहेको पदम राईको पूजा हार्डवेयर पसलबाट आगलागी सुरू भएको थियो ।

आगो तीव्र रूपमा फैलिँदै जाँदा छिमेकी कैलाश राई र प्रकाशचन्द्र गिरीका घर समेत जलेर नष्ट भएको वडाध्यक्ष कमल गिरीले जानकारी दिए।

हलेसी बजारकै ठूलो मानिने पूजा हार्डवेयरमा मात्रै करिब पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। हार्डवेयर पसल पूरै जलेर नष्ट भएको छ भने अन्य दुई घरमा पनि ठूलो क्षति पुगेको छ । वडाअध्यक्ष गिरीका अनुसार आगलागीमा जलेका तीन घरमध्ये दुई कच्ची र एउटा पक्की भवन थिए।

काठको दुईतले घरमा पूर्ण क्षति हुँदाख २ करोड ५० लाख बराबरको क्षति भएको छ ।

प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भरणसेर राईको पारुहाङ होटलको चारतले पक्की घरको दोश्रो र तेश्रो तलामा आंशिक क्षति हुँदा ५० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।