हलेसी बजारमा आगलागी, सुरक्षाकर्मी परिचालन

हलेसी बजारमा आगलागी, सुरक्षाकर्मी परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी बजारमा आगलागी भएको छ ।

स्थानीय पदम राईको हार्डवेयरबाट आगो फैलिँदै नजिकका अन्य पसलमा पनि पुगेको छ ।

आगो निभाउन जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक विष्ट नेतृत्वको टोली र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन भएको छ ।

साँझ ७ बजे सुरु भएको आगलागी अन्य पसल–घरहरूमा पनि फैलिएको प्रदेश प्रहरी कार्यालय कोशीका एसएसपी भीम दाहालले जानकारी दिए ।