काठमाण्डु – इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सम्झौता भएपछि हमासले आईतबार ३ महिला बन्धकलाई रिहा गर्न नाम सार्वजनिक गरेको छ ।
टेलिग्राममा पोस्ट गर्दै हमासले ३ महिला बन्धकहरूको नाम जारी गरेको छ ।
रिहा हुनेमा २४ वर्षीय रोमी गोनेन, २८ वर्षीया एमिली डमारी र ३१ वर्षीय डोरोन स्टेनब्रेचर रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले बन्धकहरूलाई रिहा गर्ने नाम नदिएसम्म गाजामा युद्धविराम लम्बिने चेतावनी दिएका थिए ।
युद्धविराम सम्झौताअनुसार आदानप्रदान हुनुभन्दा कम्तीमा २४ घण्टाअगावै रिहा हुने व्यक्तिहरूको नाम खुलाउनुपर्ने शर्त राखिएको छ ।




प्रतिक्रिया