काठमाण्डु– हमासले इजरायली बन्धक रिहा गर्ने क्रम रोक्ने चेतावनी दिएको छ। इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै हमासले अब बन्धक नछाड्ने बताएको हो।
नेपालका विपिन जोशी रिहा नहुँदै हमासले बन्धक छाड्ने क्रम रोक्ने बताएको हो।
हमासले विज्ञप्ति जारी गरी भनेको छ, ‘विगत तीन हप्तामा हाम्रो नेतृत्वले शत्रु (इजरायल)ले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको देखेको छ।’
युद्धविराम सम्झौताअनुसार हमासले आगामी शनिबार बन्धक रिहा गर्नुपर्ने थियो। यसअघि हमासले ५ खेप गरेर २१ बन्धक मुक्त गरेको छ।
यता गाजाबाट इजरायली बन्धक रिहाइ रोक्ने घोषणा गरेपछि हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन्।
ट्रम्पले हमासले आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने चेतावनी दिएका छन्।
ट्रम्पले बन्दी रिहा नभए युद्धविराम अन्त्य गरेर हमासलाई निमिट्यान्न पार्ने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिएका हुन् ।
ट्रम्पले ओभल अफिसमा भने, ‘शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धक रिहा गरिएन भने,सबै बाटा बन्द गरिनुपर्छ र विनाश सिर्जना गरिनुपर्छ…’




प्रतिक्रिया