काठमाण्डु– हमासले बाँकी जीवित १३ बन्धक पनि रिहा गरेको छ। सुरुमा जीवितमध्ये ७ बन्धक मुक्त गरेको हमासले दोस्रोपटक बाँकी १३ जनालाई पनि छाडेको हो।
योसँगै जीवित सबै २० बन्धक रिहा भएका छन्। आज रिहा भएका जीवित २० जनामा नेपालका विपिन जोशी परेनन्।
द टाइम्स अफ इजरायलका अनुसार एलकाना बोहबोट, मटान आङ्ग्रेस्ट, अविनाटन ओर, योसेफ–हैम ओहाना, एलोन ओहेल, एभ्याटर डेभिड, गाय गिल्बोआ–दलाल, रोम ब्रास्लाभस्की, गाली बर्मन, जिभ बर्मन, एटान मोर, सेगेभ काल्फन, निमरोड कोहेन, म्याक्सिम हर्किन, एटान हर्न, मातान जाङ्गाउकर, बार कुपरस्टेन, डेभिड कुनियो, एरियल कुनियो र ओम्री मिरान नामका इजरायली बन्धक रिहा भएका हुन्।
अब हमासले मृत २८ बन्धकको शव इजरायललाई हस्तान्तरण गर्न बाँकी छ।
आईडीएफको म्यानपावर डाइरेक्टोरेटका अधिकारी र चिकित्सक टोलीले ती बन्धकहरू इतान मोर, अलोन ओहेल, जिभ बर्मान, गाली बर्मान, गाइ गिलबोआ–डालाल, ओम्री मिरान र मातान एङ्ग्रेष्ट लाई दक्षिणी इजरायलस्थित स्वास्थ्य केन्द्रमा प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि साथ दिएका छन् ।
बन्धक मुक्तिको यो कदमले विश्वव्यापी प्रशंसा पाएको छ । युरोपेली संघकी परराष्ट्र नीति प्रमुख काया कलासले यसलाई ‘शान्तितर्फको महत्वपूर्ण कदम’ भन्दै स्वागत गरेकी छन् । उनले लेखेकी छन्, ‘राष्ट्रपति ट्रम्पको मध्यस्थताबाट यो ऐतिहासिक प्रगति सम्भव भएको हो ।’
यो मुक्तिको चरण इजरायल र हमासबीचको व्यापक युद्धविराम तथा बन्धक विनिमय सम्झौताकै पहिलो चरण हो, जसले आगामी दिनमा थप बन्धकहरू मुक्त हुने र क्षेत्रीय स्थायित्वतर्फको मार्ग खुल्ने आशा जगाएको छ ।




प्रतिक्रिया