टर्कीले हमास प्रमुखलाई भन्यो – हाम्रो देश छाडेर जाऊ

टर्कीले हमास प्रमुखलाई भन्यो – हाम्रो देश छाडेर जाऊ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आतंककारी संगठनका गतिविधि चलाइरहेका हमासको राजनीतिक ब्युरो प्रमुखलाई टर्कीले देश छाडेर जान भनेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीले हमासको ब्युरो प्रमुख इस्माइल हनियालाई देश निकाला गरेको हो ।

उनीसँगै हमाससँग सम्बन्धित अन्य व्यक्तिलाई समेत टर्की छाड्न भनिएको छ ।

सन् १९६२ मा गाजापट्टी शरणार्थी शिविरमा जन्मिएका हनिया पढाइका क्रममा नै हमाससँग जोडिएका थिए । सन् २००६ मा हनिया प्यालेस्टाइनको प्रधानमन्त्री बनेका थिए । केही वर्षअघि उनी गाजापट्टीबाट भागेर कतार पुगेका थिए ।