जेरुसेलममा रकेट आक्रमण गरेको हमासको दाबी

जेरुसेलममा रकेट आक्रमण गरेको हमासको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जेरुसेलम र बेट शेमेशसहितका सहरहरूमा शुक्रबार साँझ रकेट आक्रमण गरेको हमासले दाबी गरेको छ । गाजापट्टीबाट लामो दूरीको रकेट प्रहार गरेपछि ‘अलार्म’ बजेको इजरायली मिडियाले जनाएको छ ।

घाइते वा क्षतिको तत्काल कुनै तथ्यांक आइनसकेको बताइएको छ । इजरायली सेनाका अनुसार कम्तीमा ६ रकेट जेरुसेलमतर्फ प्रक्षेपण गरिएको छ ।

इजरायलको आपत्कालीन उद्धार सेवाका अधिकारी म्यागेन डेभिड एडोमले एउटा रकेट बेट शेमेशमा खाली ठाउँमा खसेको बताए ।