हमासले आज रिहा गर्ने २० जीवित बन्धकको सूचीमा विपिन र तामिर परेनन्

हमासले आज रिहा गर्ने २० जीवित बन्धकको सूचीमा विपिन र तामिर परेनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हमासको सैन्य शाखाले आज सोमबार (असोज २७) रिहा गर्न लागिएका २० जना जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको सूचीमा ती व्यक्तिहरू समावेश छन्, जसको नामावली पहिले नै वार्ताको एक भागका रूपमा इजरायललाई हस्तान्तरण गरिएको थियो।

द टाइम्स अफ इजरायलका अनुसार, उक्त सूचीमा अपहरणमा परेका इजरायली सैनिक तामिर निम्रोदी र नेपाली नागरिक विपिन जोशीको नाम भने समावेश छैन।

अमेरिकाको मध्यस्थतामा इजिप्टमा सम्पन्न वार्तापछि इजरायल र हमासबीच भएको सहमतिअनुसार, आज सोमबार त्यहाँको समय दिउँसो १२ बजे (नेपालको समय अनुसार दिउँसो २:४५ बजे) सबै बन्धकहरूलाई रिहा गरिने तय गरिएको छ।

सर्वजनिक गरिएका सूचीमा रहेका नामहरूमा बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ-चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,डेभिड कुनीओ,एइतान होर्न,माटान एन्ग्रेस्ट,एइतान मोर,गाली बर्मन,जिभ बर्मन,ओम्री मिरान,अलोन ओहेल,गाइ गिल्बोआ-डलाल,रोम ब्रास्लाब्स्की एरिएल कोनियो छन् ।