‘हाम्रो माटो’ गीत सार्वजनिक

‘हाम्रो माटो’ गीत सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘मुठी उचाली उठौँ नेपाली, माटो बचाउन जुटौं नेपाली’ गायक अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको सङ्गीतमा सामूहिक देशभक्तिपूर्ण गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको छ ।

कोरोना भाइरसको महामारीसँग जुधिरहेका अवस्थामा नेपालको भूमिबाट भारतले चीनको मानसरोवर जाने बाटाको औपचारिक उद्घाटन गरेपछि नेपाली भूमिको संरक्षणमा सबै जुट्नका लागि उक्त गती सार्वजनिक गरिएको हो । गायक खातीले आज भने, ‘नेपालको भूमि हुँदै भारतले मानसरोवर जाने सडक बनाएको सुनेपछि मनै सिरिङ्ग भयो, आफ्नै छाती थिचिएझैँ महसुस भयो, त्यसपछि गीतमार्फत आवाज उठायौँ ।’

नेपाली भूमिको संरक्षणका लागि सार्वजनिक भएको गीतमा हास्य कलाकार राजा राजेन्द्र पोखरेल, विक्रमजङ्ग शाह, सिर्जु अधिकारी, अनु अधिकारीको आवाज भरिएको छ । गीतमा सङ्गीत संयोजन कमल सौरागको रहेको छ भने स्टुडियो मुर्चुङ्गा डिजिटल रहेको छ । यसैगरी रेकर्डिङ र मिक्सिङ सञ्जय शृपालको रहेको छ । देशभक्ति गीतको निर्देशन र सम्पादन हुम गैरेले गरेका छन् ।

सरकारले अहिले नेपालको आधिकारिक नयाँ नक्सा जारी गरिसकेको छ । गायक खातीका अनुसार गीतमा उठान गरिएका शब्दहरुले सबै नेपालीका लागि हौसला र उत्प्रेरणा प्रदान गर्न सक्ने विश्वास लिइएको छ । रासस